मुख्य समाचारसमाचार

नुवाकोटमा गोरु भीडतिर गएपछि दर्शकको भागाभाग तीन जना घाइते

नुवाकोटमा गोरु भीडतिर गएपछि दर्शकको भागाभाग तीन जना घाइते

[mashshare]

माघ,१ काठमाडौं । माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा २० हल गोरु जुधाइएको छ ।गोरु जुधाउन फाँटमा लैजाने वेला एउटा गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग भएको थियो । त्यसक्रममा तीन जना घाइते समेत भएका छन् ।तारुकामा हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ । गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत दर्शक गएका थिए । तारुकामा माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्था र बेत्रावतीमा गोसाईकुण्ड युवा क्लबको आयोजनामा मेला सञ्चालन हुने गरेको  छ ।

मेलामा विजेता गोरु धनीलाई ५ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई ३ हजार पुरस्कार प्रदान गरिएको थियो । तारुकाको विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।

यस्तै, नुवाकोटको विदुर नगरपालिका वडा नं. १० बेत्रावतीमा १० हल गोरु जुधाइएको आयोजक गोसाईकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए । बेत्रावतीमा विजेता गोरुको धनीलाई ३ हजार र उपविजेता गोरुको धनीलाई २ हजार ५ सय प्रदान गरिएको थियो।

यो वर्ष पनि तारुमा हजारौं दर्शकहरुले गोरु जुधाएको मनोरन्जन लिन पुगे । तारुकामा २० हल गोरु जुधाइएको थियो । तारुकाको गोरु जुधाई हेर्न एमाले महासचिव ईश्वर पोखरेल, एमाले केन्द्रीय सदस्य सूर्य थापा लगायत पनि पुगेका थिए ।

महासचिव पोखरेलले परम्परालाई जोगाई राख्ने हो भने यो मेलालाई व्यवस्थित र सुरक्षित गराउन ध्यान दिनु पर्ने बताए । पञ्चकन्या गाउपालिकाको घलेभञ्याङ्मा भएको गोरु जुधाईमा बिष्णु लामिछाने भद्रुटार र बेलबहादुर थापा पञ्चकन्याको गोरु पहिलो, राजकुमार थापा भद्रुटार दोस्रो ,तेजबहादर थापा पञ्चकन्या तेस्रो भएको छ ।

पहिलोलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको थियो । जिल्लाको अन्य स्थानमा एक पटक जुधाएर हारजीत भएपछि फेरी दोस्रो चरणमा जुधाउने चलन छैन ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close