शिब बुढाथोकी
दोलखा/ सदरमुकाम चरिकोटमा शुक्रबार (आज) नेपाल कम्युनिस्ट पार्टी दोलखाले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री राम बहादुर थापा बादलले नयाँ संसद स्थापनाले देशमा स्थायित्व ल्याउने बताउनुभएको छ ।
पार्टी भित्रकै केही अवसरवादी व्यक्तिले सरकारलाई अपदस्थ गर्ने गरि गरेको षड्यन्त्रलाई विफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुभएको उहाले बताउनुभयो।
गृहमन्त्री मन्त्री थापाले पुरानो प्रतिनिधि सभाको पुनर्सेथापनाले राजनीतिक अस्थिरतालाई जन्माउने भएकाले नयाँ प्रतिनिधि सभाले मात्रै देशमा स्थायित्व ल्याउन सक्ने दोहोर्याउनु भएको छ। नयाँ प्रतिनिधि सभाको स्थापना गर्नका लागि नागरिकको बीचमा जाने र नेकपाको नयाँ ढङ्गबाट एकीकरण नागरिकले मात्रै गर्न सक्ने मन्त्री थापाले बताउनुभयो ।
गृहमन्त्री थापाले १९ पानाको आरोप पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने र माधव नेपाललाई अध्यक्ष बनाउने गरि ल्याइएको समेत बताउनुभयो ।
