पुस २४ काठमाडौं । संविधानसभा सदस्य परिषद्ले संसद विघटन निरंकुश कदम भएको बताएको छ ।
संविधानसभा सदस्य परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद विघटन गैरसंवैधानिक भएको बताएको छ । परिषद्का सचिव डोरप्रसाद उपाध्यायद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ अग्रगामी प्रत्यत्न र संघर्षविरुद्ध निरंकुश शैलीमा संविधानमाथि धावा बोलिएको छ । षड्यन्त्र, जालझेल, झुट र बेइमानीका अनगिन्ती पराकाष्ठाहरु नाघेर यस प्रकारको गैरसंवैधानिक हर्कत गरिएका छन् ।’
परिषदले मुलुकलाई थप जटिल बन्न नदिन संसद विघटनको कदम खारेज गर्न माग गरेको छन। असंवैधानिक कदम सच्याउन गरिने शान्तिपूर्ण संघर्षहरुमा सबैलाई भाग लिन संविधानसभा सदस्यहरुलाई अपील गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति हेर्नुहोस् :

