मनोज कार्की
पुष २२ काठमाडौँमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले हिजो आयोजना गरेको पत्रकार सम्मेलन अभिनेत्री मनीषा कोइरालाले बडामहाराज पृथ्वी नारायण शाहलाई सम्झिदै विगत तर्फ फर्किनु भन्दा अब नयाँ सुरुवात गर्नु पर्ने बताउनु भएको छ। मनीषा कोइरालाले भन्नु भयो , ‘विगतको कुरा बिर्सिएर राष्ट्रिय एकता दिवसको मूल्यलाई सम्झिएर हामीले यो दिवस भब्य र सब्यले सम्पूर्ण नेपालीले मनाउनु पर्छ।
सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको मान्यता दिएको छैन। मनीषा कोइरालाले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको मान्यता दिलाउने अभियानमा जोडिएकी हुन ।
नेपाली काँग्रेसको तर्फबाट मनीषाका कान्छा हजुरबुवा गिरिजा प्रसाद कोइरालाको सरकारका गृह मन्त्री कृष्ण प्रसाद सिटौलाको नै अगुवाईमा पृथ्वी जयन्तीको विदा काटिएको थियो।
मनीषाले राजनीति अस्थिरता भए पनि देश अस्थिर बन्न नहुने टिप्पणी समेत गरेकी थिइन।
मनीषा पहिले देखि नै नेपालले १२ बुदे समझदारी पछि लिएको बाटोको विरोध गर्दै आएकी थिइन। उनकै बुबा प्रकाश कोइराला पनि हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गरिरहेका छन्। उनका काका शंशाक कोइराला अहिले नेपाली कांग्रेस पार्टीको महामन्त्री हुनु हुन्छ । शशांकले पछिल्लो समय हिन्दु राष्ट्रको विषयमा जनमत संग्रहको माग अगाडि सार्दै आउनु भएको छ।
अभिनेत्री मनीषा कोइराला नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाकी नातिनी हुनुहुन्छ।
