मुख्य समाचारसमाचारसम्पादकीय

छाउगोठ भत्काउने अभियान पुनः शुरु

छाउगोठ भत्काउने अभियान पुनः शुरु

[mashshare]

काठमाडौँ ७ पुस । समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ।

कोभिड १९ कोरोना भाइरसको कारण छाउगोठ भत्काउने अभियान रोकिएको थियो अहिले फेरि छाउगोठ भत्काउने अभियान पुन शुरु गरिएको हो । गृहमन्त्रालयले गएको वर्ष पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएको थियो। उक्त पत्रको आधारमा त्यस पछि छाउगोठ हटाउने अभियान सुरु भयो। तर गएको वर्ष चैत महिनादेखि विश्वव्यापी कोरोना कहर शुरु भएसगै  नेपालमा पनि देशव्यापी रुपमा कोरोनाको संत्रासले बन्द थियो  त्यसबेला सुदूरपश्चिमका नौवटै जिल्लामा उक्त अभियान बन्द गरिएको थियो । अहिले जिल्लामा छाउगोठ भत्काउने अभियान शुरु हुन थालेको छ । यसै छाउगोठ भत्काउने अभियानको सिलसिलामा डोटीको छिमेकी जिल्ला अछाममा शनिबार मात्रै नौवटा छाउगोठ भत्काइएको छ ।

कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको छाउगोठ भत्काउने अभियानमा निस्किएको जिल्लाको टोलीले पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका ९ नौवटा छाउगोठ भत्काएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले अनलाइन खबरलाई जानकारी दिनु भयो ।

समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायलेभने, ‘कोरोना कहरका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिएको थियो, अहिले हामीले फेरी छाउगोठ भत्काउन शुरु गरेका छौँ, एकै दिनमा हामीले नौवटा छाउगोठ भत्काएका छौँ ।’ छाउपडी प्रथा मानेको कारणलेनै दर्जनौँ महिलाले आफ्नो अकालैमै ज्यान गुमाउनु परेको र कयौँ किशोरी बलात्कृत भएको छन् समाजमा कुरीति तथा विसङ्गतिका रूपमा जान्दा जान्दै पनि छाउगोठ राखेको पाइएकाले भत्काउने अभियान शुरु गरिएको उनले जानकारी दिए ।

डोटीमा पनि छाउगोठ भत्काउने अभियान चाँडै शुरु हुदै छ प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । ‘कोरोना सङ्क्रमण फैलिनुभन्दा पहिले जिल्लामा भएका धेरै छाउगोठ भत्काइ सकेको छौ कहीँकतै अझै राखिएका भए त्यसको जानकारी लिने काम भइरहेको र भेटिएको खण्डमा भत्काउने तयारीमा रहेको समेत भन्नु भएको छ।

जिल्लामा भित्र कुन कुन गाउँमा छाउगोठ राखिएका छन् त्यसको विषयमा जानकारी लिनका लागि सादा पोशाकमा नेपाल प्रहरीको टोली परिचालन समेत गरिएको जिल्ला प्रहरी कार्यालयमा कार्यरत डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनु भएको छ। उहाले अनलाइन सग कुरागर्दै ‘जिल्लाका केही ठाउँमा छाउगोठ भएको जानकारी आएको छ, त्यो बारे बुझन टोली खटाएका छौँ, टोलीले खबर ल्याउने बित्तिकै हामीले भत्काउन शुरु गर्छौँ उहाले भानु भयो ।

दुई वटा नगरपालिका सात वटा गाउँपालिका गरी कूल (९) नौवटा स्थानीय तह रहेको डोटी जिल्लामा छाउपडी प्रथा अन्त गर्नको लागि छाउगोठ भत्काउनका  प्रत्येक वडामा छाउपडी सम्बन्धी जनचेतना जगाउने कार्यक्रम शुरु गरिने सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भएको छ ।

समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close