शिब बुढाथोकी
दोलखा /प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघट गरेपछि दोलखामा युवा/विद्यार्थीले आन्दोलन गरि केपि ओलीको पुत्ला दाेहन गरेको छन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै चरिकोटमा युवा/विद्यार्थीले आन्दोलन थालेका हुन् ।
दोलखाको सातदोबाटोबाट नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर कार्यकर्ताले नाराबाजी गर्दै आन्दोलनमा गरेको छन् । उनीहरूले केपी ओलीविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणबद्ध आन्दोलन सुरु भएको बताएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले नेपाली जनतामाथि प्रहार गरेको बताएका छन् ।
संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने उनीहरुले चेतावनी दिएका छन् । भरत रोन श्रेष्ठले च्छोरोल्पा अनलाइन सग कुरागर्दै लोकतन्त्र रक्षाका निम्ति आफुहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको भन्दै आन्दोलन सुरु भएको बताउनु भएको छ।
तेसै गरी गैरकम्युनिस्ट केपी सरकार मुर्दावाद,दलाल केपि अाेलि मुर्दावाद,संसद विगठन फिर्ता गर,कम्युनिस्ट पार्टी जिन्दावाद,संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद,भन्दै दाेलखाकाे चरिकोट सातदोबाटो चाेकमा अनेरास्ववियू,दाेलखा र राष्ट्र युवा संघ,दाेलखा काे संयुक्त अायाेजनामा केपि अालि काे पुत्ला दाेहन गरि विरोध सभा सम्पन्न भएको विकल खड्काले बताउनु भयो।।
