रमिला योञ्जन
आन्तरिक किचलो अध्यादेश प्रकरणपछि झनै थप बढ्ने अबस्था देखिएको बेला प्रधानमन्त्री ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड निबाश खुमलटार एका बिहानै पुगेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश सार्बजानिक गरेपछि चौतर्फी चर्को विरोध भइरहेको छ ।
बिशेस गरि प्रचण्ड र उनका पक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गरिरहेको छन् । प्रधानमन्त्रीको कार्यशैलीको चर्को विरोध भइरहेका बेला पुन सहमति र छलफलबिनै अध्यादेश ल्याउपछि विवाद थप बढ्ने निश्चित भएको ।
यही बेला ओली पक्षीय नेता तथा स्थायी समिति सदस्य पोखरेल प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री रहेका पोखरेल ओलीको दूतका रुपमा खुमलटार पुगेको स्रोतले जनाएको छ ।
स्थायी समिति बैठकमा आज प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न निर्देशन दिने तयारी नेताहरुले गरेको स्रोतको दाबी छ ।
