ओलीको दुत बनेर शंकर पोखरेल एका बिहानै पुगे प्रचण्ड निबाश
ओलीको दुत बनेर शंकर पोखरेल एका बिहानै पुगे प्रचण्ड निबाश

रमिला योञ्जन
आन्तरिक किचलो अध्यादेश प्रकरणपछि झनै थप बढ्ने अबस्था देखिएको बेला प्रधानमन्त्री ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड निबाश खुमलटार एका बिहानै पुगेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश सार्बजानिक गरेपछि चौतर्फी चर्को विरोध भइरहेको छ ।
बिशेस गरि प्रचण्ड र उनका पक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गरिरहेको छन् । प्रधानमन्त्रीको कार्यशैलीको चर्को विरोध भइरहेका बेला पुन सहमति र छलफलबिनै अध्यादेश ल्याउपछि विवाद थप बढ्ने निश्चित भएको ।
यही बेला ओली पक्षीय नेता तथा स्थायी समिति सदस्य पोखरेल प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री रहेका पोखरेल ओलीको दूतका रुपमा खुमलटार पुगेको स्रोतले जनाएको छ ।
स्थायी समिति बैठकमा आज प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न निर्देशन दिने तयारी नेताहरुले गरेको स्रोतको दाबी छ ।