रमिला योन्जन
संवैधानिक परिषदको आइतबार बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ ।
छाया सरकार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएपछि बैठक स्थगित गरिएको हो ।
रिक्त रहेका संवैधानिक आयोगका पदहरू पूर्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सभापति देउवा सहभागी नहुने भएपछि स्थगित गरेको छ ।
प्रधानमन्त्रीले बोलाएको परिषदको बैठकमा सहभागी हुँदा सरकारविरुद्ध आन्दोलन घोषणा गरेको अवस्थमा नराम्रो सन्देश जाने भन्दै देउवा बैठकमा सहभागी नभएका हुन ।
दे्उवाले शनिबार केन्द्रीय सदस्य रमेश लेखकमार्फत् आफू बैठकमा सहभागी नहुने सन्देश पठाएको श्रोतले जनाएको छ ।
सत्तारूढ दलभित्र नै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबण्डा नमिल्दा ४० भन्दा बढी पद रिक्त छन् । संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन् ।
राष्ट्रिय मानवअधिकार आयोगमा प्रमुखसहित चार आयुक्त खालीरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित दुई आयुक्त रिक्त छन् रहेको छ । निर्वाचन आयोगमा पनि दुई आयुक्त पूर्ति हुन सकेको छैन ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग चार आयुक्त खाली छ। राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित चार आयुक्त रिक्त छ। राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ ।
त्यहाँ पनि अध्यक्षसहित चार आयुक्त खाली छ। समावेशी आयोगमा अध्यक्ष र तीन आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार आयुक्त, मधेसी, थारू, मुस्लिम आयोगले पनि अध्यक्ष मात्रै पाएका छन्।
