राशिफलसमाचार

आज तपाईको राशिफल हेर्नुहोस

आज तपाईको राशिफल हेर्नुहोस

[mashshare]

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।

गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ ।

मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

परोपकारी कार्यमा संलग्न भइनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यले साथ दिनेछ ।

सजिलै अरूको मन जित्न सकिनेछ ।

परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ ।

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ ।

परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् ।

पुनर्मिलनको योग पनि छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाणीमा कुशलता आउने दिन परेको छ ।

करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

यात्रा गर्ने अवसरपनि जुट्नेछ ।

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

रोकिएका काम पुनः सुरु हुन सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो ।

व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला ।

प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

सामाजिक काममा व्यास्त हुने समय रहेको छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।

आम्दानीमापनि कमी आउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ ।

परोपकारी कार्यमा संलग्न भइनेछ ।

रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

साभार हाम्रो पात्रो

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close