आज ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै
आज ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं / ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँँदैछ/
मानवअधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । तर राष्ट्रिय मानव अधिकार आयोगले उल्लंघनका घटना झनै बढ्दै गएको बताएका छन ।
शान्ति प्रक्रियाका बाँकी काम पुरा हुन नसक्दा नेपालमा मानव अधिकारको अवस्था झन् कमजोर हुँदै गएको छ/ विधिको शासनको अभावले गर्दा लामो समयअघिका पीडितले अहिले समेत न्याय पाउन सकेका छैनन् /
दशवर्षे सशस्त्र युद्धको समयमा ठूलो संख्यामा हत्या, हिंसा तथा अपहरणजस्ता मानव अधिकार हननका घटनाहरु भएका थिए / युद्धका घाउमा मल्हम लगाउने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गरिए पनि कामले गति लिन सकेको छैन ।
द्वन्द्वको कालखण्डमा सन् २००३ र २००४ नेपाल विश्वमै सर्वाधिक नागरिक बेपत्ता पारिने मुलुक नै बन्न पुगेको थियो / अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार द्वन्द्वका बेला दुवै पक्षद्वारा नियन्त्रणमा लिएकामध्ये १ हजार ३ सय ५० भन्दा बढी नागरिकको अझै पत्तो लाग्न सकेको छैन/
राष्ट्रिय मानव अधिकार आयोगले हालै २०५७ सालदेखि ७७ सालसम्म भएका मानव अधिकार उल्लंघनका घटना सार्वजनिक गरेको छ ।