तनहुँमा कांग्रेस नेताले भने : सरकारले सुतेको बाघलाई ब्युँझायो !
तनहुँमा कांग्रेस नेताले भने : सरकारले सुतेको बाघलाई ब्युँझायो !

१८ मंसिर। तनहुँमा बुधबार उद्घाटन गर्न नपाएको पुल उद्घाटन गरेपछि नेपाली कांग्रेसका नेताहरुले सरकारले आफूहरुलाई ब्युँझाइदिएको टिप्पणी गर्दै देशभर सरकारविरुद्ध आन्दोलन अघि बढाउने समेत चेतावनी दिएका छन् ।
बुधबार स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पुल व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको थियो । कांग्रेसले बिहीबार सोही पुल उद्घाटन कार्यक्रमलाई शक्ति प्रदर्शनको माध्यम बनाउँदै सरकारविरुद्ध कांग्रेस एक भएको बतायो ।
पुल उद्घाटन कार्यक्रममा नेताहरुले सरकारले अधिनायकवादी शैली देखाइरहेको र स्थानीय प्रशासन, प्रहरी कठपुतली बनेको आरोप लगाएका छन् । उनीहरुले सरकारको विरुद्ध आन्दोलन गर्न दमौली घटना अवसर बनेको धारणा पनि राखे । उनीहरुले तनहुँका प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठ (किसान)को कडा आलोचना गरे ।
कांग्रेस वरिष्ठ नेता पौडेलले मन्तव्यको सुरुमा पुलिसको डण्डाले करङ पेलेका कारण हिजो दिउँसोभन्दा साँझ र साँझभन्दा आज बढी दुखेको बताए । देशमा लोकतन्त्र आइसकेपछि पनि डण्डाको पेलान सहनु परेकाले लोकतन्त्र साकार पार्नै बाँकी रहेको पौडेलले बताए । हिजो निषेधाज्ञा गर्ने प्रशासन आज शीर निहुर्याएर लज्जित भएर हिँडेको पौडेलले बताए ।
कम्युनिस्ट सरकारका नाममा भएको हिजोको घटनाले लोकतन्त्र र गणतन्त्र नै लज्जित भएको पौडेलको भनाइ थियो । ‘यो घटनाले देशभरि तरंग आएको छ ।