समाचार

अब काठमाडौँमा कुकुर दर्ता नगरे कारबाही

[mashshare]

काठमाडौं ,मंसिर १८ : काठमाडौँ महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ ।घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी गराएको र सार्वजनिक स्थलमा मलमूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता अभियान सुरु गर्न लागेको हो । महानगरले सचेतना अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई कारबाहीसमेत गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ । ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुल लगायतका क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई नियन्त्रणमा लिएर यसो नगरिदिन अनुरोध गर्दै आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close