समाचार

चकलेट किन्न गएकी ६ बर्षिया बालिकाको हत्या गरि बोरामा फालिएको अबस्थामा फेला

[mashshare]

मङ्सिर ९,मंगलबार / महोत्तरीमा १ जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो ।उनी आइतबार साँझदेखि वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ ।
बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा राति १ बजेतिर शव फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ ।

प्रहरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने जनाएको छ ।बालिकाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साह छन् । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार उनले हत्या गरेको स्वीकारेका छन् ।चकलेट किन्न गएकी बालिकालाई लुकाएर साहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बलात्कार गरेर हत्या गरेका हुन् कि होइनन् भन्ने कुराको अनुसन्धान भने भइरहेको छ ।

बालिकाको शव फेला परेपछि बर्दिवासका बासिन्दाले मंगलबार बिहानैदेखि विरोध प्रदर्शन थालेका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गराउनुका साथै बजार पनि बन्द गराएका छन्

                                                                              source-ok

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close