विश्वसमाचार

लिबियामा डुंगा दुर्घटनामा ७४ जनाको मृत्यु

[mashshare]

१ सय २० आप्रवासी यात्रुहरु बोकेको डुंगा लिबियास्थित भूमध्यसागरीय तटमा दुर्घटना हुँदा ७४ जनाको डुबेर मृत्यु भएको छ ।संयुक्त राष्ट्रसंघका अनुसार बिहीबार यस्तो दुर्घटना भएको हो । डुंगामा महिला र बालबालिका समेत थिए । जहाँ ३१ जनाको शव सनाखत भइसकेको छ । पछिल्लो अक्टोबरदेखि भूमध्यसागरीय क्षेत्रमा डुंगा दुर्घटना भएको यो ठूलो घटना हो । राष्ट्रसंघका अनुसार यस वर्ष मात्रै भूमध्यसागरीय क्षेत्रमा यस्तै प्रकृतिका डुंगा दुर्घटनामा ९ सय जनाको मृत्यु भइसकेको छ ।

साथै ११ हजार मानिस युद्धग्रस्त क्षेत्र लिबियामा फर्किएका छन् । राष्ट्रसंघका अनुसार उनीहरुमाथि त्यहाँ मानवअधिकार हिंसा भएको छ । अफ्रिकी मुलुक र लिबिया र अन्य मध्यपूर्वी देशबाट पछिल्लो समय अवैध रुपमा यूरोपतिर छिर्ने क्रम बढ्दो छ । युद्धप्रभावित क्षेत्रबाट मानिसहरु यूरोप गइ शरणार्थीको रुपमा बसोबास गर्न समुद्री डुंगाको प्रयोग गर्ने गर्छन् । लिबिया भने २०११ मा शासक मोहाम्मर गद्दाफीको हत्यापछि द्वन्द्वमा फसेको छ । २०१४ यता मात्रै भूमध्यसागरीय क्षेत्रमा कम्तिमा २० हजार आप्रवासीहरुको यस्तै डुंगा दुर्घटनामा मृत्यु भइसकेको छ ।

                                                                          source-annapurnapost

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close