कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा सहयोग पुर्याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ ।
अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
