
भारतको आगरामा कार दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन ।बिहीबार दिल्लीबाट सुनौली हुँदै नेपाल घर फर्किन लागेका उनीहरू दुर्घटनामा परेको दिल्लास्थित दिलबहादुर खत्रीले जानकारी दिए । आगराबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो ।मृत्यु हुनेमा बाग्लुङका श्यामकुमार घर्ती र बिवश पुन मगर रहेका छन् । त्यसैगरी जनकपुरकी लक्ष्मी शर्माको पनि दुर्घटनामा ज्यान गएको छ । घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ।