दाङको राप्ती गाउँपालिका-४ मौरीघाटमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको छ ।ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराति ८ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय भालुबाङको जानकारी अनुसार दुर्घटनामा राप्ती गाउँपालिका वडा न. ५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका वडा न. २ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका वडा न ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको छ ।
