स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार ५०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ भने १ हजार २५४ जना क्वारेन्टिनमा छन्।भने पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ।
