रास्ट्रपतिको भूमिका प्रति नेकपा नेता भिम रावलको आलोचना

नेकपाका नेता भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलिरहेको भूमिकाको आलोचना गरेका छन्।उनले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै सक्रिय हुनु भनेको राष्ट्रपति पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा ठहरिने बताएका छन्।
हालै राष्ट्रपति भण्डारीले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाको विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेकी थिइन्।
नेता रावलले भनेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’

नेकपा नेता भिम रावल ले आफ्नो टुइटरमा लेखेका छन् –
नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।