जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहिबार) को मौसम पुर्वानुमान महाशाखा ले जारी गरेको छ । स्थानीय वायुको प्रभावले देशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
नेपालमा अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणली विकसित नभएको मौसमविदले बताएका छन्।अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा जनाइएको छ।
