कात्तिक १९,काठमान्डौ । नेपालमा पछिल्लो २४ घण्टामा तिन हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका १३१४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । उनीहरुमध्ये १०३४ जनाको मृत्यु भएको स्वास्त्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१ लाख ४४ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ८४४ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३६ हजार ९११ जना संक्रिय संक्रमित छन् ।
