प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने बताएका छन् ।
आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।बुधबार आयोजित एक कार्यक्रममा उनले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए ।
‘के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो ‘ उनले भनेका छन् । त्यसकारण आफु राजीनामा नदिने जनाएका छन।









