ललितपुरमा सडकको सास्ती,स्थानियले ठेकेदार शारदा अधिकारीको घर घेराउ गर्ने
सुनिता खडका (ललितपुर संवाददाता)

ललितपुर महानगरपालिकाको वडा नं २६ र २७ सुनाकोठीको लगभग ३ किलोमिटर बाटो बर्षौ देखी अति नाजुक अवस्थामा रहेको र बारम्बार स्थानीयहरूले पहल गर्दा पनि बाटो नबन्दा स्थानीय तथा यात्रुहरुले भोग्नु परेको धुलो र जोखिमपूर्ण दैनिक यात्राको बिरोध गर्दै स्थानीय सबै को पहलमा कात्तिक १६गते अाइतबारको दिन देखि बिहान १० देखि ५बजे सम्म सवारी अावतजावत बन्द गरिएको छ।
पुष्प कमल दाहाल (प्रचण्ड)का घरबेटी समेत रहेका शारदा प्रसाद अधिकारीको सैलुङ कन्सट्रक्सनले २०७५ साल साउन २६ गते सम्म बाटो पिच गर्ने भन्ने सम्झौता गरि ३ कि.मि बाटोबनाउन २३ करोड ३१ लाखको बजेट निकासा भैसकेको छ। बजेट निकासा भएको दुई वर्ष बितिसक्दा पनि बाटो पिच गर्ने कुनै काम नभए पछि त्यहाँका स्थानीय आक्रोशित भै गत कत्तिक १७ गते बाटोको सङ्घर्ष समिति गठन गरि , सडक आन्दोलनलाई अझ प्रभावकारी ढंगले लाने तयारी भएको । उक्त सङ्घर्ष समितिले बन्दलाई प्रभावकारी बनाउन शारदा अधिकारीको घर घेराउ गर्ने सम्मको योजना तयार गरेको छ।समिति ले शैलुङ्ग कन्स्ट्रक्सनलाइ १५ दिनको अल्टीमेटम दिएको छ।१५ दिनमा पिचको कार्य नसके सम्म बाटो बन्दको आन्दोलन जारी रहने सङ्घर्ष समितिका एक सदस्यले बताएका छन् ।