नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व-सांसद रामहरि खतिवडाले ओखलढुंगा जिल्ला कारागारलाई १ हजार लिटरकाे पानि ट्यांकी प्रदान गरेका छन् । खानेपानीकाे समस्या हुँदा पानी जम्मा गरेर कारागारका कैदीबन्दीहरुलाई प्रयाेग गर्न सहज हुने अपेक्षा का साथ् ड्रम प्रदान गरिएको हो ।
नेता खतिवडाले मानव जिवानको सबैभन्दा महत्त्वपूर्ण पानी भएकोले कारागारमा रहेका हरुलाई पानीको धेरै अभाव रहेको थाहा पाएपछि समस्या समाधान होला भनेर पानी जम्मा गर्न ट्यांकी उपलब्ध गराएकाे बताएका छन् । नेता खतिवडाले कारागार कार्यालय प्रमुख चुडामणि अर्याललाई हस्तान्तरण गर्दै पानीकाे समस्या तत्काल समाधानका लागि पहल गर्ने पनि बताएका छन् ।
