काठमान्डौ। चन्द्रागिरि नगरपालिका-४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा गोपाली लगायत १० जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
उक्त घरमा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
