दशैँमा जनता घर जादा ब्यापक संक्रमण फैलिने सम्भावना देखेपछि स्वास्थ तथा जनसंख्या मन्त्रालयले जहाँ रहेको, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।

जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्ग का क्रममा बताएका छन् ।
