मुख्य समाचारराजनिती
[mashshare]
दुइ अध्यक्ष बीच नेकपा को सचिवालय बैठक शनिवार बोलाउने सहमति
दुइ अध्यक्ष बीच नेकपा को सचिवालय बैठक शनिवार बोलाउने सहमति

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता सम्पन्न भएको छ । दुई अध्यक्ष बीच झण्डै पौने घण्टामात्र भेटवार्ता भएको र भेटवार्ताको क्रममा दुई अध्यक्षबीच शनिबार चार बजे बस्ने गरी सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी प्रधानमन्त्री ले ३ देशका लागि राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि खटपट सुरु भइरहेको छ ।