सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता सम्पन्न भएको छ । दुई अध्यक्ष बीच झण्डै पौने घण्टामात्र भेटवार्ता भएको र भेटवार्ताको क्रममा दुई अध्यक्षबीच शनिबार चार बजे बस्ने गरी सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी प्रधानमन्त्री ले ३ देशका लागि राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि खटपट सुरु भइरहेको छ ।
