समाचार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

[mashshare]

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त मैतिदेवी बस्ने सिरहा विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर घर भएका २४ वर्षीय रवि कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०७२ बैशाख १५ गते बिहान ललितपुर गोदावरी नगरपालिका-५ लेले फैडोल सामुदायिक वनमा सुनसरी ईटहरी नगरपालिका-४ भई ललितपुर चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मैतिदेवीबाट पक्राउ गरेको हो । अनुसन्धानको क्रममा घटनापश्चात यादव भारतस्थित बैङलोरमा लुकिछिपी बस्दै आएको समेत खुल्न आएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Tags

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close