चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक कर्मचारी नहरमा मृत अवस्थामा भेटिएका छन् ।सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले अस्पतालमा बिजुली मर्मतको काम गर्दथे ।
त्यी कर्मचारीको शव अस्पताल हुँदै बगेको नहरमा शनिबार भेटिएको हो ।
शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको । अस्पतालका कार्यकारी निर्देशकका अनुसार घटना हत्याजस्तो देखिएकोले प्रहरीले थप अनुसन्धान गर्ने बताएका छन्।
