दोलखा ,असोज ३/ –महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रि पार्बत गुरुङ को गृहजिल्ला दोलखा मा गत भदौ २२ गते बिहान कालिञ्चोक गाउँपालिकाको लापिलाङस्थित रानीवन भीर भत्किएर काँडाबारी बस्तीमा पसेको पहिरोले ९ वटा घर पूर्ण रुपमा क्षति ,३२ घर आंशिक रुपमा क्षति तथा २६ घर परिवार पूर्ण रुपमा विस्थापित भएका र २ सय ४७ घर परिवार प्रभावित भएको थियो। उक्त
प्रभावित क्षेत्रको मन्त्री गुरुङले स्थलगत अवलोकन गरी पीडितलाई राहत तथा उद्धारको व्यवस्था गरेका छन्।
प्रदेश र स्थानीय तहका जन-प्रतिनिधिसहित शुक्रबार शुक्रबार पहिरो प्रभावित क्षेत्रमा पुगेका मन्त्री गुरुङले पीडितलाई अत्यावश्यक खाद्यन्न, त्रिपाललगायतका राहत सामग्री वितरण गरेका हुन्।
मन्त्री गुरुङले पहिरोले बिचल्लीमा परेका पीडितसँग भेट गरी उनीहरूलाई राहत वितरण गरेका हुन्।
राहत वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पीडितहरूको जिम्मा राज्यले लिने र
स्थानिय,प्रदेश र केन्द्र तिन तहकै सरकार मिलेर पीडितलाई थप राहतको व्यवस्था गरिने मन्त्री गुरुङले बताएका छन्।
मन्त्री गुरुङले स्थानीय सरकार र प्रदेश सरकारलाई पीडितका लागि राहतको आवश्यक व्यवस्था मिलाउन पनि आग्रह गर्दै मन्त्रि गुरुङ ले जोखिममा परेको बस्ती स्थानान्तरणका लागि तत्काल पहल गरिने समेत जानकारी दिएका छन्।
उनले विपत्तिको यो बेला पीडितका लागि राज्य छ भन्ने अनुभूति दिलाउने गरी आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् |
(फोटो मन्त्रि गुरुङको फेसबुक वाल बाट-)

