समाचार

खतरामुक्त भए क्रिकेटर ललित भण्डारी

[mashshare]

सन्देस कोइराला

काठमाडौँ /आइतबार दुर्घटनामा परेर गम्भिर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन् । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । धनगढीबाट आइतबार राति नै उनलाई नेपालगन्जको कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो । भण्डारीको अहिले कोहलपुरमा उपचार भइरहेको छ ।

उनको हात र खुट्टा फ्याक्चर भएको छ । अहिले उनको अवस्था सामान्य रहेको राष्ट्रिय टिमका अलराउण्डर पारस खड्काले जनाएका छन् । पारसले उनी अहिले खतरामुक्त रहेको र सामान्य अवस्थामा रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘ललित भण्डारी अहिले कोहलपुर मेडिकल कलेज हस्पिटलमा छन् र उनको कन्डिसन स्टेबल छ । उनी अहिले खतरामुक्त छन् । डाक्टरको भनाइअनुसार हात र खुट्टाको अपरेसन गर्नुपर्नेछ,’ पारसले लेखेका छन् ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close