भदौ १४ ,दोलखा नेपाली काङ्ग्रेस को भातृ सुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक महासंघ को जिल्ला कार्यसमिति निर्माण कै क्रममा नेपाल प्रजातान्त्रिक महासंघ दोलखा जिल्ला कार्यसमीती आज घोषणा भयको छ। बिरमान(एस टि)शेर्पा को अध्यक्षता मा भाद्र १४ गते २१ सदस्यिय,प्रदेश सदस्य सिफारिस १ जना र सल्लाहकार १ जना गरि घोषणा भयको छ।
दोलखा जिल्लाको नौ वटानै स्थानिय तह को प्रतिनिधित्व हुनेगरी समाबेशी संरचना मा रहेर समिती घोषणा गरियको जिल्ला कार्यसमिति को अध्यक्ष बाट प्रकाशित संस्थाको प्रेस नोट मा उल्लेख गरियको छ। कार्यसमिति मा अध्यक्ष बिरमान(एस टि) शेर्पा,उपाध्यक्ष मा फुर्लाक्पा शेर्पा र भगवती शाह,सचिबमा हेमराज तमाङ,सह-सचिब मा शैलेन्द्र खडका ,कोषाध्यक्ष मा हस्त थामी,प्रबत्ता शन्देश कोइराला छन भने सदस्य हरु श्रीबाबु कार्की,डिबि जिरेल,बिबेक केसि,नरबहादुर जिरेल,गणेश बिक्रम शाही,सुबास घिसीङ,हस्तलाल योन्जन,राजेश उप्रेती ,जगत तामाङ,पबित्रा दाहाल,मिङमाछेकी शेर्पा,दिपक तमाङ,सुबास खडका,रीता नेपाली छन।
प्रदेश सदस्य को सिफारिस मा दावा साङ्गे शेर्पा छन भने सल्लाहकार मा सुमनकृष्ण जिरेल को नाम घोषणा गरियको छ। मंहासघ का अध्यक्ष विरमान(एस.टि) शेर्पा ले आफ्नो फेसबुक बाल मा हाल्नु भयको छ” प्रिय साथीहरू हार्दिक बधाई तथा शुभकामना” भन्दै कार्यसमिति घोषणा तथा बिस्तार को प्रेस नोट सार्बजनिक गर्नु भयको छ। त्यस्तै नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय महासचिव भत्त राज भुषाल ले फेसबुक वाल मा “नेपाल प्रजातान्त्रिक महासंघ बागमति प्रदेस अन्तर्गत दोलखा जिल्ला तदर्थ समिति पुरा भयको छ ।
यस कार्यमा दिन रात खट्नु हुने जिल्ला सभापति ज्यु माननिय ज्यु र यस महासंघका जिल्ला अध्यक्ष ज्यु लाइ बिषेस धन्यबाद दिन चाहन्छौ । तल उल्लेखित २१ जना कार्य समिति १ जना प्रदेस समिति र १ जना सल्लाहाकार समिति सहितको नाम सिफारिसको लागि प्रदेस समिति मार्फत केन्द्रिय समितिमा पेस भयकोमा केन्द्रिय समिति र संगठन विभाग मा छलफल गरि सिफारिसको लागि आयका नाम सबै लाइ एक मुस्ट नेपाल प्रजातान्त्रिक महासंघ दोलखा जिल्ला तदर्थ समितिमा मनोनयन गरियको छ । सबै जिल्ला समिति लाइ बधाइ तथा सुभकामना छ । याहाहरुको कार्यकाल सफल होस” भन्दै कार्यसमिति को घोषणा तथा बिस्तार सार्बजनिक गर्नु भयको छ।

