National Flag of Nepal
सुनिता खडका
ललितपुर महानगरपालिका वडा न.२७ सुनाकोठीमा अवस्थित पुरातत्वविभागमा पुस्टि भए अनुसार श्री पशुपति नाथकाे मन्दिर भन्दा पहिला प्रादुर्भाव भएकाे श्री भृङगारेश्वरकाे मन्दिरको पछाडि रहेकाे बंगैचामा राष्ट्रिय झण्डा रखिएको छ।
माननिय .पम्फा भुसाल ज्युद्वारा बिनियाेजित बजेटलाई प्रदेश सभासद मानानिय .राजकाजी महर्जन ज्यु र नेवाज् ग्रुपको आयोजनामा र सम्पुर्ण सुनाकाेठि बासिहरुको समेत बिशेष सहयाेगमा उक्त झन्डा रखिएको हो।

माईतिघर पछिकाे दाेश्राे ठुलाे नेपालकाे झण्डा २०७७/०३/२० शनिबारकाे दिन ल.पु.मा.न.पा. वडा २७ सुनाकाेठि मा ठडाईएकाे छ।वरिपरि विभिन्न जातका फुलहरु ढकमक्क फुलेका ,अनि हरियाे चाैरकाे बिचमा हाम्रो गाैरव राष्ट्रिय झण्डा। राष्ट्रदेवकाे साथ राष्ट्रिय झण्डाकाे शान, सुनमा सुगन्ध भरिएकाे अाभास भएको एक इस्थानिया ले बताउनु हुन्छ।
सुनाकोठी सजिएको बंगैचा पार्क। सुन्दरताको उचाईमा गौरबको सम्मान राष्ट्रिय झण्डा। रमणीय खुल्ला प्रकृतिलाई आत्मसाथ गर्न एक पटक सबैकाे आगमन होस।

धन्यबाद।
