मुख्य समाचार

कोरोना संक्रमितको संख्या नेपालमा १०,०९९ पुग्यो।

[mashshare]

सन्देस कोइराला

काठमाडौं । पछिल्लो  थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको कुल संख्या १०,०९९ पुगेको छ उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ भने २२२४ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई ४ असारमा अस्पतालमा भर्ना गरिएको थियो ।

मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका उनको अवस्था गम्भीर भएकाले आईसीयूमा राखेर उपचार गरिएको र मंगलबार मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

कुन कुन जिल्लामा
थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्युठानमा ५० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, पाल्पाका ४८ जना, धनुषाका ३९, दाङका १९, धादिङका १८, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३,कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, सप्तरी, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०,  महोत्तरी र झापा १२/१२ जना छन्।

यस्तै, , लमजुङ र गुल्मीका ५/५ जना, सल्यान र डडेलधुराका ४/४ जना, सुनसरी र रुपन्देहीका ३/३ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची र सर्लाहीका २/२ कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

कालीकोट, हुम्ला र पर्वतका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालका कुल कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close