समाचार

नेपालमा कोरोना संक्रमित ५१६ पुगे

[mashshare]

काठमाडौं- नेपालमाcovid-19 कोरोना भाइरस संक्रमितको संख्या ५ सय १६  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो अध्यावधिक विवरण अनुसार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको छ।

डा देवकोटाका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३ पुरुषहरु रहेका छन्। उनीहरु क्रमश १९,२३ र २६ वर्षका रहेका छन् । उनीहरु ३ जना नै सरस्वती माविको क्वारेन्टाइमा रहेका व्यक्ति भएको मन्त्रालयले जनाएको छ ।

डडेल्धुराका २८ वर्षीया एक जना पुरुष रहेका छन् डडेल्धुरा अस्पतालमा उपचार छन् ।

बैतडी जिल्लाका एक जना २२ वर्षीया पुरुष रहेका छन् । उनको पनि बैतडी अस्पतालबाट नमूना संकलन गरी सेती प्रादेशिक अस्पताल पठाइएको थियो ।

बाँकेको भेरी अस्पतालको प्रयोगशलामा गरिएको परिक्षणमा नेपालगञ्जका १४ जनामा कोरोना संक्रमति पुष्टि भएको छ । उनीहरु १० देखि ६१ वर्ष उमेर समुहका पुरुष रहेका छन् । यस्तै मोरङका ४१ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेशगत विवरणका अनुसार प्रदेश १ मा ८५ जना, प्रदेश २ मा १ सय ५१, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २ सय २७, कर्णाली प्रदेशमा एक जना र सुदुरपश्तिम प्रदेशमा १० जना गरी ५ सय  १६ जना रहेका छन्।

ती मध्ये हालसम्म ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । आज मात्र बाँकेको नेपालगञ्जमा २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

नेपालमा हालसम्म covid-19 कोरोना संक्रमित जिल्लाहरु ४० पुगेको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close