मुख्य समाचार

ओ मान्ने जी : केशवराज चौलागाईं

[mashshare]
              सनिबार,बैशाख २७ समय ०७:५४
अो ! मान्ने जी!!
माअो यसो भन्थे,मार्क उसो भन्थे,केपी वलीको विकल्प छैन,एक ब्यक्ति एक पद गर्नु पर्छ,फलानो मान्यको पहलमा यति विकास बजेट अायो,फलानोले उद्घाटन गरे। फलानो माननीय फलानोको पक्षमा,वा विरुद्धमा । फलानाले फलानो पद पाए।तपाईंहरुका कुरा यति होईनन् त?? हुन त हामी भुईंमान्छेले नदेखेका नसुनेका अग्ला अग्ला पर्खाल भित्र धेरै कुराहरु छन् होला।तर म एउटा सानो वडाको सानो टोलको कुरा गर्दै छु।
भुकम्प गएको ४ महिना पछि तपाईंको सरकार अायो।त्यो बेला एउटा नीति बनेको थियो।मुलुकमा अन्यत्र घर हुनेलाई अनुदान नदिने।के यो पालना भयो?? वरु मेरै टोलमा नवराज भाईको ५ वर्षको छोरा उस्कै घर भत्किएर मृत्यु भयो।मृतकको परिवारले पाउने राहत पनि प्राप्त गरे ५ वर्ष पछि वल्ल गुनासोमा नाम निस्कियो रे।राधा भाइ( वसन्त केसी) जो अरुको कटेज बनाउंदा बनाउंदै २९ गतेको भुकम्पमा पानी भरिएको ड्रमले किचेर गोडो भांचियो। हेलिकप्टरमा लगेर उपचार पनि भयो।खास गरि उस्का परिवारमा उहीँ मात्रै हो गाउंमा बस्ने जस्को घर १२ गते नै ध्वस्त भयो।उस्को नाम अझै पनि लाभग्राहीमा अाएको छैन।यस्ता पिडितहरु हरेक टोल टोलमा छन्।कति मान्छेलाई एउटा घर चाहिएको छ तर परिबारका सबै सदस्यको जनही नाम निस्केको छ।
डाडुको लोभले खड्कुंलो जानेमा छ।सागपात खाने रछ्यान पनि मासिनेमा छ।तीन वर्षे देवालीमा त्यो पनि अाउंन भ्याउंछ भ्याउंदैन।उस्ले शोखको लागि गाउंमा महंगो घर ठड्याई दियो।रैथाने गरीवगुरुवालाई त्यो प्रतिस्पर्धाले अचानोमा पारेको छ। संघीय चुनाव ताका मेरै छिमेकी भीम वहादुर काका ,तल्ला घरबाट मासु बोकेर घर अाउंदा अाउंदै विपत्ता भए।परिवार र गाउंले मिलेर खोजीमेली पनि गरे ।पुलिसलाई पनि गुहार मागे तर अाज सम्म न सास भेटियो न लास भेटियो।अाजसम्म अन्त्यष्टी कार्य हुन सकेको छैन। गत वर्ष घोगडीका हिमालय बस्नेतका छोरा ,चरिघ्याङमा अाफ्नै कोठाको छेउमा निर्वस्त्र मृत भेटियो।उस्को पाखुरामा धारिलो हतियारको चोट थियो।लगाएका कपडाहरु ठाउंठाउंमा छरिएका थिए।न हत्या ठहरियो न अात्मा हत्या?? वरु छानविनका लागि ताकेता गर्न गएका वडा अध्यक्षले नै प्रहरी प्रमुखको हातपात र दुर्व्यवहार खप्नु परेको थियो।
कांग्रेशका नेता अर्जुन नरसिंह केसी शहरी विकास मन्त्री हुंदा नै एकीकृत बस्ती निर्माणको नीति पास गरिएको थियो। त्यस अन्तर्गत अर्को सरकारले डिही फसिभैं एकीकृत बस्ती स्वीकृत गरि ११ करोडको परियोजना स्वीकृत गरयो। सरकारी बजेटलाई पेवा सम्झनेहरुको कारण भु- गर्भ विद्हरुले जोखिम ठहराएको डिहीको तल्लो भागमा योजना लागू गरियो।समन्वय हुन नसक्दा सो वस्तीका करिव ८०% घर परिवार अन्यत्र सरीसकेका छन्।बांकी घर परिवार अाज सम्म घंडेरी नवनेकोले कटेरामा वांच्न बाध्य छन्।फसिभै क्षेत्रमा भने लगभग घंडेरी टुङ्गो लागिसकेको अवस्थामा मान्छेहरु घर वनाउन सुरु गर्दैछन्।तर अाफुलाई चरिकोट बजारमा किनमेल गर्न बन्देज गर्ने,उत्पादित सामाग्री बेचविखनमा रोक लगाउने जस्ता गतिविधिले गर्दा सामाग्री अोसारपसार गर्ने साधनलाई अन्य गाउंका जनताले रोक लगाए पछि निर्माण कार्यमा अवरोध सिर्जना भएको छ।
फेरि स्वीकृत बजेट ११ करोडमा ७ करोड मात्र पैसा अाएको छ।बांकी ५ करोडको अत्तो पत्तो छैन।वरु प्रदेश सरकार र नगरपालिकामा गुहार माग्नु परेको छ।डिही पटीको व्लकमा त अझै घंडेरी मात्र निर्माण गर्न पनि ३/४ करोड लाग्ने देखिन्छ।जनता लट्पट्याउन बांडिएका सपना पूरा गर्ने त कहिले हो कहिले।कोरोना गतिलो बहाना बनेको छ। डिही व्लकमा एकीकृत वस्तीमा सामेल हुन नचाहने गोमा केसी(कान्छेमा) को घर भुकम्पले जिर्ण त बनाएको थियो तर उनको घरको छाना,काठपात सबै पुन प्रयोग गर्न मिल्ने थियो।केही सरसामान पनि त्यही घर भित्र थिए।जस्को अनुमति विना,समन्वय नगरी पुलिसको उपस्थितिमा बलपुर्वक डोजर लगाएर घर भत्काईयो।बुढी मान्छे जिल्ला प्रशासनमा क्षति पुर्तिको लागि रोईकराई गरिरहेकी छन्।उनको गुनासो कसैले सुनिदिएको छैन्। माथि सार्केश्वांरा रङ्गलाल काकाको कान्छो छोरो ,काठमान्डौमा CA कोर्ष पढ्दै थियो। एउटी केटीसंग हिमजिम बढेछ।अनि केटाकै कोठामा असार तिर केटी पनि गईछन्।केटाले डरले हो कि के हो! उनीहरु वीच केही मनोरन्जन भएको स्वीकार गरेछ।अनि ४/५ महिना पछि उस्ले अर्कै केटीसंग मागी बिबहा गरयो।विहेकै दिन असारमा एक पटक भएको कृयाकलापको अाधारमा उस्लाई पक्राउ गरि मुद्धा चलाईयो र उ जेल भुक्तान गरिरहेको छ।
उता सभामुख छुट्कारा पाउँछन्। स्थानीय निकाय गठन हुंदा हाम्रो वडाको मुकाम डवली(टहले नजिकै)भन्ने स्थान तोकिएको थियो।त्यही भरोसामा टहले वरिपरिका मान्छेहरुले बजार बन्ने अाशमा टहले क्षेत्रमा ठुला लगानी गरेर घरहरु बनाए।स्वस्थ्य केन्द्र,सहकारीका कार्यलय भवन पनि यही क्षेत्रमा निर्माण भएका छन्।२/४ वटा दुकानहरु समेत यही चलिरहेका थिए र छन पनि।तर वडा कार्यालयको भवन डांडागाउंको पल्लो छेउमा निर्माण हुँदै छ।या त वडाको सिरान भट्मासेतिर बनाईदिएको भए सेवाग्राहीलाई एकोहोरो पर्थ्यो।या त अन्य सेवाहरु समेत प्राप्त हुने लगभग सबैको वीच पर्ने ,भोलि बजारीकरणको सम्भावना भएको क्षेत्रमा राखिदिएको भए के हुन्थ्यो? वा ८/१० वर्ष पश्चात् विद्यार्थी शून्य प्राय भएर खण्डहर हुने सम्भावना भएको विद्यालय जस्मा अरवौं लगानी हुँदै छ जस्को छेउछाउमा बनाउन पाएको भएपनि भोलि प्रयोग गर्नु हुन्थ्यो।
पिप्लेमा प्रदेश सरकारको लाखौं अनुदानमा गाई फार्म छ रे।मैले देखेको छैन तर तर ३/४ वटा मात्र गाई छन रे भन्ने सुनेको छु।युवा स्वरोजगारको लाखौ रकम कुखुरा पालन भनेर जलेश्वर देवस्थललाई प्रभावित हुनेगरी खास ब्यवस्थापन नगरी केही ब्यक्तिले संन्चालन गरिटोपल्दै छन। मान्ने जी!! मेरै टोलको फेदीमा तामाकोशी तेस्रोको ड्यम्प बन्ने ।अनि कृतिम पोखरी निर्माणहुने अनि डुङ्गा सयर गर्न हजारौं मान्छेको अोईरो लाग्ने कथा सुनेको थिए।अहिले त ६५० बाट घटाएर २०० मेघावाटको बन्ने रे कहाँ र कहिले भन्ने केही टुङ्गो छैन।फेरि उत्तर दक्षिण द्रुत मार्ग मेरै टोलको फेदीबाट जाने अध्यन र प्रारम्भिक सर्भे समेत भएको अवस्थामा फेरि पारीपट्टीबाट जानेरे भनेको सुन्छु। मेरै गाउंको अधिकांश बेंसी क्षेत्रलाई सिंन्चाई सुविधा पुग्ने योजना मर्मतसंभारको लागि २ पैसा छुट्याएको छैन।विचरा किसानहरु पटुका फुकालेर पाईप फुटेको ठाउँ बांधेर जिनतीन सिंचाई गरिरहेका छन्।
स्थानीय सरकारको त कुरै छोडौं।तपाईंहरुले जितेको त साढे २ वर्ष भैसक्यो। मेरो टोल ,वडा त सदरमुकामको नाकैमुनि छ ।यहाँ त यस्तो अवस्था छ भने अन्य ठाउंहरुको अवस्था के होला?? मान्ने जी!! यही हो त यहांहरुले भन्नू भएको केजाति वाद!! यही हो त अामुल परिवर्तन?? कोरोना महामारीको डरले मानिस लुकेर वस्न राजी भयो लुक्ने स्थानको सुनिश्चितता न भएका नागरिकहरु जो देश,विदेशमा अलपत्र छन्।तिनिहरुको वारेमा केही सोच्नु वा वोल्नु कस्ले पर्ने हो। मार्कस,लेनिन ,माअो यसो भन्थे,उसो भन्थे भन्दै जागिर पचाउनु गजवकै भाग्य रहेछ हजुरहरुको।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close