A view of the Balgopaleshwor temple, which was damaged in the April 25 earthquake, in Ranipokhari, Kathmandu, on Friday, July 8, 2016. Photo: THT
१२ वैशाख, । भूकम्प गएको पाँच वर्षपछि आज अर्थात् वैशाख १२ गते रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तयारी थियो तर भूकम्पले क्षति पुगेको रानीपोखरीको पुनर्निर्माण कार्य भने अझै लकडाउनको कारण पूरा हुन सकेको छैन ।
०७२ साल वैशाख १२ को बिनासकारी महाभूकम्पले क्षति पुर्याएको रानीपोखरीलाई मल्लकालीन स्वरुपमा ल्याउने प्रयास भने भइरहेको छ ।
शिखर शैलीमा पुनर्निर्माण भइरहेको रानीपोखरीमा आमसर्वसाधारणले भूकम्प जानु अगाडि जस्तै पानीले भरिभराउ रानीपोखरी देख्न सकिने विश्वास आशामा छन् ।
