जेष्ठ ०५
अफ्रिकी राष्ट्र कङोको इतुरिया प्रदेशमा फैलिएको इबोला भाइरसको प्रकोप भयावह बन्दै गएको छ । स्थानीय अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा १३१ जनाको मृत्यु भइसकेको छ भने ५१३ भन्दा बढी संक्रमित भएको आशंका गरिएको छ ।
बीबीसीका अनुसार कंगो सरकारका एक प्रवक्ताले संक्रमण अहिले थप व्यापक क्षेत्रमा फैलिन थालेको बताएका छन् । छिमेकी मा समेत दुई जनामा संक्रमण पुष्टि भएको तथा एक जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) ले जनाएको छ ।
(WHO) ले बुन्डिबुग्यो भाइरसबाट फैलिएको हालको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
संक्रमण फैलिन थालेपछि कंगोका अस्पतालहरूमा सतर्कता बढाइएको छ । विशेषगरी स्थित अस्पतालहरूमा प्रवेश गर्ने सबै व्यक्तिलाई हात धुन र तापक्रम परीक्षण गर्न अनिवार्य गरिएको छ ।
यसैबीच, कंगो सरकारले सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दै संक्रमितको खोजी, परीक्षण तथा नियन्त्रणका लागि स्वास्थ्य टोलीहरू सक्रिय रूपमा परिचालन गरिएको जनाएको छ ।
स्रोत :B B C
#EbolaVirus #DRCongo #HealthAlert #tshorolpa
