सुनसरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन का लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस गरेको छ। बुधबार बसेको पार्टीको क्षेत्रीय कमिटी बैठकले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच जनाको नाम केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको हो।
प्रत्यक्षतर्फ सिफारिस हुने नाममा दाहालसँगै महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्वाल रहेका छन्।
त्यसैगरी, समानुपातिकतर्फ पार्टीले योगेन्द्रप्रसाद मण्डल (पप्पु), धर्मलाल उराँव, दिलमहमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुन को नाम सिफारिस गरेको छ।
नेकपा केन्द्रीय सदस्य पदम अधिकारी का अनुसार, जिल्लाका बाँकी तीन वटा निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम पनि छिट्टै टुंग्याइ केन्द्रमा सिफारिस गरिनेछ।
रामु यादव
