च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला मनोरन्जन समाचार

मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्डमा जुनु प्रसाईं

काठमाडौं । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी गायिका जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म पुगेकी छिन् ।

बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र होइन, मेहनत र प्रतिभाको मिठास पनि झल्किन्छ । हाल झापालाई स्थायी ठेगाना बनाएकी उनी रोजगारीको सिलसिलामा कतारमा रहेर पनि आफ्नो सांगीतिक सपना अघि बढाउँदै अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शोमा सहभागिता जनाएकी हुन् ।

विद्यालय जीवनमै विभिन्न कार्यक्रम र स्थानीय गायन प्रतियोगितामा सक्रिय रहँदै अनुभव बटुलेकी जुनु आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउन सफल भएकी छन् ।

नेपाल टेलिभिजनमार्फत प्रसारित ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको यो प्रतियोगितामा २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाले सहभागिता जनाएका छन् । अडिसन राउन्ड विश्वका १३ मुलुकमा सम्पन्न भएकोमा जुनु कतार अडिसनमार्फत छनोट भई अहिले फाइनलसम्म आइपुगेकी हुन् ।

जुनुको अपिल

> “नमस्कार, सेवा/सेवारो,
म हजुरहरुकै छोरी/चेली जुनु प्रसाई । तपाईंहरूको माया, साथ, सहयोग र हौसलाले ‘मेरो भ्वाइस युनिभर्स सिजन-२’ को फाइनलमा पुगेकी छु । यहाँसम्मको यात्रामा साथ दिनुहुने सबैजना प्रति हार्दिक आभार व्यक्त गर्दछु । अझै केही सिँढी चढ्न बाँकी छ । मिहिनेत र संघर्षपछि बल्ल मेरा सपना उडान भर्न थालेका छन् । फाइनलसम्मको यात्रामा तपाईंहरूको अझ धेरै साथ, सहयोग र माया अपेक्षा गर्दछु ।”

भोट गर्ने तरिका

मोबाइलको म्यासेज बक्समा गएर MVU 06 टाइप गरी 37000 मा पठाउनुहोस्, वा

My Intra एप डाउनलोड गरी जुनुको प्रोफाइलमा क्लिक गरेर भोट गर्न सक्नुहुन्छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *