सूर्यप्रसाद श्रेष्ठको ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन’ लोकार्पित
२०८२ साउन,२० काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा पूर्व प्रमुख निर्वाचन आयुक्त एवं पूर्व राजदुत सूर्यप्रसाद श्रेष्ठको कृति ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन’ को हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गर्नु भयो ।

सो कृतिबारे वरिष्ठ अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक डा. गोपालकृष्ण सिवाकोटी, महिला अधिकार अभियन्ता मोहना अन्सारी र संविधानविद् प्रा.डा. विपिन अधिकारीले आआफ्नो समीक्षामक मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओली, लेखक श्रेष्ठले विशेष मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण बुकहिलका प्रमुख भुपेन्द्र खड्काले गर्नु भएको थियो । पुस्तकले नेपालको निर्वाचन प्रणालीबारे बुझ्न र सुधार गर्न मद्दत पुग्नेछ ।











