यस पहलमार्फत विद्यार्थीहरूलाई अध्ययनसँगै व्यवहारिक सीप र अनुभव प्राप्त गराउने उद्देश्य राखिएको छ।
त्यस्तै, सेवाको प्रकृतिका आधारमा विद्यार्थीलाई सार्वजनिक निकायहरूमा इन्टर्नशिप गर्ने अवसर उपलब्ध गराइनेछ। यसले उनीहरूको व्यावसायिक तथा प्रशासनिक दक्षता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकारको यो कदम शिक्षा प्रणालीलाई व्यवहारिक, रोजगारमुखी र उद्यमशील बनाउने दिशामा एक महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
