काठमाडौं,पौष २१ – चर्चित गायक गायिका रामचन्द्र काफ्ले र मेलिन राई स्वरमा रहेको”सयौ थुम्का सैलुङे डाडैमा “बोलको गीतको म्युजिक भिडियो सुटिङ शैलुङ, भैसे डाडा, जिरी, कालिन्चोक, चरिकोट , खरी ढुँगा गरि दोलखाको विभिन्न अत्यन्तै सुन्दर ठाँउमा सम्पन्न भएको छ । प्रबिन थपलिया को शब्द तथा पुरुषतम न्यौपाने संगीत रहेको उक्त गीतको भिडियोलाई निर्देशक तथा कोरियोग्रफर अनिल राइले निर्देशन गरेका छन् ।
गौरीशंकर च्छोरोल्पा मिडिया प्रा लीको पर्दामा निर्माण गरेको म्युजिक भिडियोलाई राम के• सी ले छायांकन गरेका छन् । सुटिंग सेटमा आर्टिस मेकअप कस्मिता श्रेष्ठले गरेका छिन । यो म्युजिक भिडियोमा सुस्मा सिंह र रन्जना थपलियाको अभिनय हेर्न सकिन्छ । बाल कलाकार रन्जना थपलिया 1 दर्जन महोत्सव लगायत विभिन्न संकृतिक कार्यक्रममा भाग लिए सकेको छिन भने सुस्मा सिंह नेपालि सांगीतिक क्षेत्रका एक हस्ती हुन् ।
सुस्मा सिंह बिभिन्न विधाका गितमा अभिनय गरिसकेका छन् । दर्जनौ गीतमा अभिनय गरिसकेका सुस्माले यो गीतमा फरक शैलीले प्रस्तुत भएका छन् भने यो म्युजिक भिडियोमा बाल कलाकार मोडल रन्जन थपलिया डेव्यु गरेकी छन् । बल कलाकार नव मोडल रन्जना पहिलो पटक अभिनय गर्दै छन् । राम्रो प्रतिभा भएकी मोडल रन्जना थपलियाले राम्रो मेहनत गरेकी छन् भने अब आम दर्शक स्रोताले कतिको माया एबम रुचाउछन् त्यो भने हेर्न बाकि नै छ। आशा छ यो गीत पनि चर्चाको शिखरमा चढने छ । यो म्युजिक भिडियो गौरीशंकर च्छोरोल्पा प्रा लीको च्छोरोल्पा अन्लाईन टी •भी अफिसियल युटुब च्यानलबाट सार्वजनिक हुनेछ । (फोटो)


