काठमाडौं ७ असोज। नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff course (AACSC) सि.सं. ३ का ५० जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन सम्पन्न भएको छ।
प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गरेको छन् ।
अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी संगठनको इतिहासको जानकारी दिनुहुदै नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff course (AACSC) सि.सं. ३ का ५० जना अधिकृतहरूलाइ कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास समेत व्यक्त गर्नु भएको।
नेपाल प्रहरी सम्बन्धी विविध विषयमा तालिमरत अधिकृतहरूले राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा सवै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय भइरहेको समेत बताउदै आउँदा दिनहरुमा समेत सकारात्मक कार्यहरु सम्पन्न गर्न आपसी सहयोग र समन्वय आदान प्रदान हुने प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उल्लेख गर्नु भयो ।
