बुटवल,३० साउन। लुम्विनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै नाच्दै गरेकोअहिले सामाजिक संजालमा भाइरल भएको पाईएको छ।
उक्त मुख्यमन्त्रीको कार्यालयमा प्रतिष्ठा र मर्यादालाई बिर्सिएर माओवादी कार्यकर्ताहरले मुख्यमन्त्री कार्यकक्षमा नांचगान गर्दै टिकटकमा मस्त भिडियोमा देखिन्छ ।
माओवादी केन्द्रका कुल प्रसाद केसीले प्रदेशको दोश्रो मुख्यमन्त्रीको रुपमा विहिबार सांझ सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका थिए।
मुख्यमन्त्री कार्यालयमा गएका माओवादी कार्यकर्ताहरुले कार्यालयका निजी सचिवको सरकारी कार्यकक्षमै टिकटक बनाउंदै नांचगान गरेका थिए।
माओवादी कार्यकर्ता शान्ति बराल ‘बगेको नदी सुकेको कहां छ र, जनयुद्ध हाम्रो रोकेको कहां छ र,।गीतमा नांचेर टिकटक बनाईरहंदा कार्यालयमा रहेका अरु कार्यकर्ताहरुले कोरोना भाइरस महामारीको बेला माक्सा बिनानै मुट्ठी उठाएर नाचलाई साथ दिईरहेका देखिन्छा।
मुख्यमन्त्री नियुक्त भएको दोश्रो दिनमै मुख्यमन्त्री कार्यालयलाई पार्टी संगठनको सम्पर्क कार्यालयको रुपमा नांचगान गरिएको कार्यले मुख्यमन्त्रीको मात्र नभई लुम्बिनी प्रदेश सरकारकै गरिमामा आंच पु¥याईएको भन्दै आलोचना भएको छ।स्रोत :पाथिभरा न्युज
