काठमाडौं, १७ साउन । चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट तिब्र रुपमा फैलिँदै गएको छ।पछिल्ला दिनहरूमा नयाँ प्रकारको डेल्टा भेरियन्ट कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या झनै बढ्न थालेको हो ।
पछिलो २४ घण्टाको समयमा मात्रै थप ५५ जनामा नयाँ प्रकारको डेल्टा भेरियन्ट सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३० जना व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने बाँकी विदेशबाट पुगेका यात्रुमा भेटिएको चाइना डेलीले जनाएको छ ।
चिनिको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिए अनुसार जिआङ्सुुमा १९, हुनानमा ६, चोङकिङमा २ र लियोनिङ, फुजियान र सिचुआनमा एक÷एक जनामा डेल्टा भेरियन्ट सङ्क्रमण पुष्टि भएको हो ।
