काठमाडौं ४ साउन – प्रधानमन्त्री शेरबहादुर देउवाले आज जोनसन एन्ड जोनसन खोप अभियानको उदघाटन गर्नु भएको छ। काठमाडौं जोरपाटी अर्थोपेडिक अस्पतालबाट उक्त खोप अभियानलाइ सुरु गर्नु भएको हो।
खोप अभियानको उदघाटन गरेलगत्तै प्रधानमन्त्री देउवाले उपत्यकाका विभिन्न खोपकेन्द्रको अनुगमन गरेर भिड नगर्न समेत निर्देशन दिनु भएको छ ।

सरकारको अहिले पहिलो प्राथमिकता कोभिडविरुद्धको खोप भएको बताउँदै सबै नागरिकले सहज ढंगले खोपको प्रबन्ध गर्न निर्देशनसमेत दिनु भएको छ।
आज बिहान प्रधानमन्त्री देउवाले अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालन गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गर्नु भएको छ ।
सर्वसाधारण नागरिकले कसरी खोप लगाइरहेका छन्, त्यसको फिल्डमै पुगेर अवलोकन गरेर देउवाको यो कार्यशैलीको सबैले प्रशंसा गरेका छन् ।
