३१ असार २०७८, बिहिवार। सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडा बढेको जानकारी दिएको छ ।
सरकारले लामो दूरीको सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बढाएको हो । दुई वाट दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाइएको सूचनामा उल्लेख गरेको छ ।

लामो दूरीका यात्रीवाहक सवारीसाधनमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २६ प्रतिशतले भाडा बढाइएको छ उल्लेख गरिएको छ ।
२०७८ असार २७ गतेको भौतिक पूवार्धार तथा यातायात मन्त्रालयको स्वीकृति अनुसार सार्वजनिक यातायातको भाडा बढाएको विभागले आणाळाईआण खबरलाई जानकारी दिएको छ ।
