भारतको एक अवार्ड कार्यक्रममा नेपालकी सोनिया अछामी बेष्ट डान्सरबाट सम्मानित भएकी छिन । नेपालको कलाकारीता क्षेत्रलाई खासै पुर्ण आम्दानीको स्रोत मान्न नसकेर आफ्नो कलालाई केहि समय बिट मार्दै सोनिया बिदेशतिर लागेकी थिएन । निरन्तर नृत्यमा लागीरहेकी सोनियाले म्युजिक भिडीयोमा समेत आफ्नो कलाकारीता देखाई सकेकी छिन । हाल उनी बिदेशमा बस्दै आईरहेको भए पनि नेपाली म्युजिक भिडीयोहरुमा उनले निरन्तर काम भने गरिरहेकी छिन । https://www.youtube.com/watch?v=Eb2pBb-K2WQ
स्पिड मिडीया ईन्टरटेनमेन्टले गत २६ अक्टोबर २०१९ का दिन भारतको नयाँ दिल्ली स्थित वाई डब्लु सि ए सिपीमा ईन्डिया ईनर्जी ट्यालेन्ट अवार्ड भब्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा राज्य मन्त्री रामदास आठवले प्रमुख अतिथी भई राख्दा बिदेशी तथा भारती अतिथीहरुको बाक्लो उपस्थिती रहेको थियो । अवार्ड कार्यक्रमले करिब ६ अन्तराष्ट्रिय देशहरु बिच आपसी सम्बन्ध प्रगाड बनाएको र यसले निरन्तरता पाईरहने कार्यक्रम प्रमुख प्रिया मगरातीले बताएकी छिन । ईन्डिया ईनर्जी ट्यालेन्ट अवार्ड २५ बिधामा बितरण गरिएको थियो । कार्यक्रममा नेपाल, अमेरिका, भुटान, अफ्रिका, स्पेन, जर्मनी र भारत सहित गरी ७८ प्रतिभाहरुको सम्मान गरिएको थियो ।https://www.youtube.com/watch?v=tBFeJH73e1I
