काठमाडौं । नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्षमा दिपशंकर चौलागाईं निर्वाचित हुनु भएको छ । प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी माधव नेपाल समूहको गठबन्धनबाट अध्यक्षका प्रत्यासी चौलागाईं निर्वाचित हुनु भएको हो।

निर्वाचिन अध्यक्ष चौंलागाईं प्रेस युनियन निकट हुन् भने उपाध्यक्षमा प्रेस चौतारी माधव नेपाल समूहका श्रीजनकुमार घिमिरे निर्वाचित हुनु भएका छ । त्यस्तै महिला उपाध्यक्षमा सिर्जना खड्का (प्रेस संगठन), सचिवमा दिलबहादुर केसी (प्रेस संगठन) र कोषाध्यक्षमा नवीन खतिवडा (प्रेस चौतरी नेपाल समूह) निर्वाचित हुनु भएका छ ।

